२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरुले पोष्टमार्टममा यस्तो खुलासा गरेपछि श्रद्धाञ्जली सभा स्थगित



अ+ अ-

काठमाडौं । हिजो बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव पोष्टमार्टममा समय लाग्ने भएको छ । शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको हो।

शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएको छ। शवको डिएनएका लागि केन्द्रीय प्रहरी प्रयोगशालाको समूहले काम गरिरहेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शव परीक्षणपछि सातै जनालाई श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने जानकारी दिएका थिए।

यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।