२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आउनु भई हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ ।