२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहामले खराव नतिजा निकालेपछि क्लाउडियो रानिएरी बर्खास्तीमा



अ+ अ-

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा फुलहामले खराव नतिजा निकालेपछि प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्तीमा परेका छन् । फुलहामले रानिएरीलाई बिहीबार राति प्रशिक्षकबाट बर्खास्त गरेको हो ।

प्रिमियर लिगअन्तर्गत बुधबार राति फुलहाम साउथह्याम्पटनसँग २–० गोलले पराजित भएको थियो । यस हारले फुलहाम रेलिगेसनबाट जोगिन नसक्ने भएपछि प्रशिक्षक रानिएरी बर्खास्तीको शिकार भएका हुन् । फुलहाम अहिले लिगको रेलिगेसनमा रहेको छ ।

चेल्सी र लेस्टर सिटीका पूर्वप्रशिक्षक रानिएरी गत नोभेम्बरमा मात्र फुलहाममा अनुबन्ध भएका थिए । इटालीका ६७ वर्षीय रानिएरीको प्रशिक्षणमा लेस्टरले सन् २०१६–१७ मा प्रिमियर लिगको उपाधि नै चुमेको थियो ।

तर, रानिएरीको प्रशिक्षणमा फुलहामले सोचे जस्तो प्रदर्शन गर्न सकेन । फुलहामले पछिल्ला १७ खेलमा तीन वटा मात्र जित निकाल्यो । फुलहामले रानिएरीको स्थानमा स्कट पार्करलाई टोलीको अन्तरिम प्रशिक्षकको रुपमा यससिजन जिम्मा दिएको छ । स्कट इङ्ल्यान्डका पूर्व खेलाडी हुन् ।

२८ खेलबाट जम्मा १७ अंक बनाएको फुलहाम १९ औं स्थानमा छ । फुलहामले हडर्सफिल्डलाई मात्रपछाडि पारेको छ । १८ औं स्थानमा रहेको कार्डिफ सिटीको २५ अंक छ । १४ अंक बनाएको हडर्सफिल्ड टाउन अन्तिममा छ ।