८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस आइसिसी टि–२० वरियतामा रोहित शर्माभन्दा अगाडि



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् ।

आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना पारस ४०औँ स्थानमा रहेका थिए । उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन् । अघिल्लो महीना पारस ९०औँ स्थानमा थिए ।

यएईमा हालै सम्पन्न टि–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन् ।

अलराउण्डरतर्फ ६० अङ्क पाएका सोमपाल ५०औँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१औँ स्थानमा थिए । त्यस्तै समान ४०९ अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१औँ स्थानमा छन् ।