८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा



अ+ अ-

पोखरा । ताप्लेजुङमा बुधवार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि पोखरामा तयारी पुरा भएको छ । अधिकारीको पार्थिव शरीर पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ । ।

अधिकारीको पार्थिव शरीरलाई रामघाट स्थित सेती नदी किनारमा अन्त्यष्टि गर्नुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउनेछन् भने नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने पार्टीको झण्डा ओढाउनेछन् ।

देशकै निम्ति अझै धेरै योगदान गर्न बाँकी रहेका बेलामा अधिकारकिो निधनले पोखरा र सिंगो देशलाई समेत अपुरणीय क्षति पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पोखरा आएका छन् । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।