८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डले बंगलादेशलाई धुल चटाउदै, दुई खेलाडीको शतक



अ+ अ-

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्डले पहिलो पारीमै चार विकेटको क्षतिमा ४५१ रन बनाएको छ ।

दोस्रो दिनको समाप्तिसम्म न्युजिल्यान्ड बंगलादेशभन्दा २१७ रनले अघि रहेको छ ।

न्युजिल्यान्डका लागि ओपनर टोम लाथमले १६१ र जित राभलले १३२ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सन ९३ रनमा अविजित छन् । त्यस्तै, हेनरी निकोलसले ५३ रन बनाए ।

बलिङतर्फ बंगलादेशका सौम्य सरकारले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो दिन सबै विकेटको क्षतिमा २३४ रन बनाएको थियो । बंगलादेशका लागि तमिम इक्बलले शतकसहित १२६ रन बनाए पनि अन्य ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । बलिङतर्फ न्युजिल्यान्डका नेइल वाग्नरले पाँच विकेट लिए ।