२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायब सुब्बाविरुद्ध आरोप पत्र दायर



अ+ अ-

काठमाडौँ । मालपोत कार्यालय, महोत्तरी, जलेश्वरमा कार्यरत नायब सुब्बा ढक बहादुर कार्कीविरुद्ध आरोप पत्र दायर गरिएको छ । कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।

जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग १०,००० रकम घुस माग गरिरहेको भन्ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिई गएको टोली कार्कीलाई पक्राउ गरेको थियो ।