२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीमाथि गोली प्रहार



अ+ अ-

बागलुङ । बागलुङमा आफ्नै श्रीमतीमाथि एक युवाले गोली प्रहार गरेका छन् । बडिगाड गाउँपालिका १० को पात्ले भन्ने स्थानमा ३५ वर्षका चन्द्रबहादुर घर्तीले श्रीमती बालकुमारीलाई गोली प्रहार गरेका हुन् ।

खुट्टामा गोली लागेकोले घाइते भएकी महिलालाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनापछि घर्ती फरार भएकोले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानसमेत भइरहेको प्रहरी नायव उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिए ।