२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघार अर्बको ट्रेजरी जारी गर्ने तयारीमा राष्ट्र बैंक



अ+ अ-


काठमाडौँ : नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो ।

बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ ।

यसअघि बैंकले यही फागुन १३ गते पनि रु दुई अर्ब २३ करोड बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।