९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक राेजगार प्रबर्धन बोर्ड नेपाल औषधि लिमिटेडकाे कार्यालय बबरमहल सर्याे



अ+ अ-


काठमाडौँ : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय नयाँ बानेश्वरबाट दिइँदै आएको सेवा अब बबरमहलबाट प्रदान गरिने भएको छ । बबहरमहलमा रहेको नेपाल औषधि लिमिटेडको भवनबाट सेवा प्रदान गरिने बोर्डले जनाएको छ ।

बोर्डले एक सार्वजनिक सूचना जारी गरेरै सरोकारवाला सबैलाई बबरमहलस्थित सचिवालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कार्यलय बबरमहल सरेसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय र वैदेशिक रोजगार विभागसँगको समन्वयका लागि सहज वातावारण निर्माण भएको उहाँले बताउनुभयो । 

बोर्डले यसअघि नयाँँ बानेश्वरस्थित एक निजी घरबाट सेवा प्रदान गर्दै आएको थियो ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव स्वदेश ल्याउन सहयोग, विभिन्न कारणबाट रोजगारदाता मुलुकमा अलपत्र परेका नेपालीको उद्धार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।