९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चियाकाे ‘अक्सन मार्केट’ निर्माणको काम अलपत्र, एक कराेड खर्च बालुवामा पानी



अ+ अ-


पशुपतिनगर : नेपाली चियाको लिलाम बिक्री केन्द्र ‘अक्सन मार्केट’ बनाउन अध्ययन र अवलोकनमै करीब रु एक करोड खर्च भइसके पनि अहिले काम ठप्प रहेको छ । 

आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको बजेटमा चियाको अक्सन मार्केट निर्माणले प्राथमिकता नपाएपछि काम ठप्प भएको हो ।

किसान र व्यवसायीले अक्सन मार्केट निर्माणका लागि माग गरेपनि सरकारले बजेटमा चिया र अक्सन मार्केट निर्माणमा चासो नदिएको सूर्योदय टि एशोसिएशनका सचिव गोपाल कट्टेलले बताउनुभयो । 

“हामीले वर्षौदेखि माग गरेपनि चालु आर्थिक वर्षमा अक्सनका विषयमा कार्यक्रम नै छैन”, उहाँले भन्नुभयो, “चिया तथा कफि विकास बोर्डमार्फत अक्सन मार्केट निर्माणका लागि रु एक करोड रुपियाँ खर्च भइसकेको छ ।” चियाको अन्तर्राष्ट्रिय बजार नहुनु, टे«डमार्कमा ढिलाइ हुनु र उत्पादित तयारी चियालाई भारतको कोलकाताकै अक्सनमा पठाउनुपर्ने बाध्यताले व्यवसायी र किसानले सरकारसँग नेपालमै अक्सन मार्केट निर्माणको माग गर्दै आएका छन् । 

अक्सन बनाउने ठाउँ, अक्सनको सम्भाव्यताका विषयमा प्रयास धेरै रहे पनि सरकारले महत्व नबुझेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले बताउनुभयो । सरकारले चियाको बजार, विदेशी मुद्रा आर्जनको बाटो र उद्योगी व्यवसायीका बारेमा नबुझ्दा चिया क्षेत्रको समस्या समाधान नहुने दाहालले बताउनुभयो । 

चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडमार्फत अघिल्ला दुई आर्थिक वर्षमा नेपाली चियाको अक्सनका लागि झापाको धुलाबारी र विर्तामोडलाई स्थान छनोट गरिएको थियो । अक्सन कार्यालय, वायर हाउस, ल्याब बनाउन पनि त्यसबेला अध्ययन गरिएको थियोे । 

सूर्योदय नगरपालिकाले अक्सन मार्केट निर्माणका लागि नगरसभाबाटै प्रस्ताव चालू आर्थिक वर्षमा पारित गरेको थियो । नगरपालिकाले विसं २०७४ चैतमा विदेशी क्रेता ल्याएर इलाममा उत्पादित साना उद्योगको ‘टी टेस्टिङ’ गराएको थियो । भारतको कोलकाताकै भर परेको नेपाली चियाका लागि अक्सन मार्केट नहुँदा थप जटिल बनेको व्यवसायी प्रदीप अग्रवालले बताउनुभयो । 

नेपालमा अक्सन चलाउँदा अक्सनमार्फत बिक्री हुने चियाको ६० प्रतिशत भ्याट फिर्ताको व्यवस्था, अक्सनमा राखिएको चियालाई धितो राखेर ऋण लिन पाउनुेपर्ने र अक्सन चलाउन सुलभ ऋणको व्यवस्था हुनुपर्ने प्रस्ताव व्यवसायीले गरेका छन् । व्यवसायीको माग बजेटमा नसमेटिएपछि अक्सन सञ्चालन हुन नसकेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताउनुभयो ।