९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

११६ वर्षे इतिहास बाेकेकाे सिंहदरबारकाे स्वरूप फेरिदै



अ+ अ-

काठमाडाैं  – सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र संसद् ग्यालरी बैठक पनि ०७२ वैशाखको भूकम्पमा भत्किएर जोगिने–नजोगिने अवस्थामा छ । तर, पछिल्लो समय सरकार सिंहदरबारको स्वरूप फेर्ने कसरतमा लागेको छ । केही सकारात्मक प्रयास सुरु गरेको छ ।

हटाइँदै पुराना सवारीसाधन

सिंहदरबार परिक्रमा गर्दा कहिलेकाहीँ पुराना सवारीसाधन थन्क्याउने ग्यारेजजस्तो लाग्छ । मन्त्रालयपरिसरमा वर्षौँदेखि गाडी र मोटरसाइकल खिया लागेर बसेका छन् । कतिपय प्रयोग गर्न मिल्ने गाडी पनि बेवारिसे छाडिएको समाचार पटक–पटक आए । तर, अब सरकार व्यवस्थापनतर्फ लागेको छ । 

३१ भदौमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बसेको बैठकले सिंहदरबारपरिसर व्यवस्थापन सन्दर्भमा २६बुँदे निर्देशन दिएको थियो । त्यसपछि रेग्मीकै नेतृत्वमा बसेको बैठकले सिंहदरबारभित्र रहेका पुराना सवारीसाधनको आवश्यकताअनुसार मर्मतसम्भार गरेर चलाउन र स्थानीय तहलाई हस्तान्तरण गर्न भनेको थियो । निर्देशनअनुसार अहिले ७० पुराना गाडी मर्मतसम्भारबाट चलाउने गरी प्रदेश र स्थानीय तहसहित विभिन्न सरकारी निकायलाई हस्तान्तरण भइरहेको छ । बाँकी लिलामी प्रक्रियामा छ । याे रिर्पाेट शुराेजंज पाण्डेले नयाँ पत्रिकामा लेखेका छन् ।