८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुबाट जोगाउन रातभरि शव कुर्नु पर्ने



अ+ अ-

ताप्लेजुङ – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भयो । त्यही दिन सबै शव सुकेटार विमानस्थल ल्याउन सकिएन । रातभरि रुँघेर राखेको तीनवटा शव बिहीबार बिहान सुरक्षाकर्मीले दुर्घटनास्थलबाट हेलिकप्टरमा उठाइदिए ।

शव र दुईजना सेनालाई डोरीमा झुन्ड्याएर हेलिकप्टर सुकेटार विमानस्थल उडेलगत्तै हिमपात सुरु भयो । खुला आकाशमुनि हिउँमा रात कटाएको उद्धार टोलीलाई कसरी फर्कने भन्ने समस्या भयो । ‘मौसम एकैछिन खुलेको बेला शव पठाउन सफल भयौं,’ उद्धारमा खटिएका ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले भने, ‘लगत्तै वर्षा र हिउँ पर्न थालेकाले फर्कन समस्या भयो ।’ दुर्घटनास्थल पाथीभरा क्षेत्रको फेदीबाट करिब एक किलोमिटर दूरीमा पर्छ । कडा चट्टानी पहाड छिचोल्दै दुर्घटनास्थल पुग्न अत्यन्तै कठिन छ  ।

अघिल्लो दिन राति कम हिउँ भएकाले स्थानीय र सुरक्षाकर्मीको टोली पहराको बीचमा धुवाँ आएको ठाउँ पहिल्याउँदै त्यहाँसम्म पुगेका थिए । चार शव उठाउन सघाएर उनीहरु फर्किए । राति सुरक्षाकर्मी मात्रै बसे । ‘तीन ठाउँमा आगो फुकेर वरिपरि बस्यौं,’ सशस्त्र प्रहरी निरीक्षक युगहाङ पतङ्वाले भने, ‘चिसोले बिरामी परिन्छ कि भन्ने डर थियो । तर कसैलाई केही भएन ।’ उनका अनुसार वन्यजन्तुबाट जोगाउन पनि शव  रुँघेर बस्नैपर्ने बाध्यता थियो । यो समाचार सीताराम गुरागाईले अन्नपूर्णमा लेखेका छन् ।