९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला जिप दुर्घटना : मृतक ११ जनाकै सनाखत



अ+ अ-

दार्चुला — शुक्रबार दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु भएका ११ जनाकै सनाखत भएकाे छ ।

सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाकाे हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप राति करिब ८ बजेतिर दुहु गाउँपालिका–३ राताकाठाभीरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियाे ।

मृत्यु हुनेमादुहुँ गाउँपालिका-२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी रहेका छन्। यस्तै,दुहुँ–२ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धाना बम, ५३ वर्षीया मानमती भट्ट, दुहुँ–४ का ५५ वर्षीय अमरा बम र सात वर्षीया आयुसा बम, बैतडीको दोगडाकेदार गाउँपलिका-६ सित्तडका ६० वर्षीय प्रताप चन्द र करिब २१ वर्षीया स्नेहा बम रहेकाे प्रहरीले जनाएकाे छ।

घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएकोथियाे। गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि भारतकाे पिथाैरागढ रिफर गरिएको छ।

२०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो।

दुहुँ गाउँपालिका–५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो।

तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले उक्त क्षेत्रमा बढी जसो यात्रुहरु उत्रिने र सवारी साधन खाली लगेर पछि फेरि बस्ने गर्थे।

तर, केही सवारी भने यात्रु नओराली आवात जावत गर्थे। प्रशासनले खाली जिप र ट्याक्टरहरुमा गुड्न दिने भनेपनि सवारी धनीहरुले यात्रुहरुलाई बोक्ने गरेकोले ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ।