९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार घरेलु मैदानमा बार्सिलोनासँग मड्रिड पराजित, चल्न सकेनन् स्टार खेलाडि



अ+ अ-

काठमाडौँ । इभान राकिटिकको निर्णायक गोलको मद्दतले बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई पराजित गरेको छ ।

शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाको जितमा राकिटिकले निर्णायक गोल गरे ।

आफ्नै घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्न रियललाई अवसर थियो । तर उसको अवसर पूरा हुन सकेन ।

खेलको २६औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा खेल रक्षात्मक खेल्दै आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाले जितसँगै २६ खेलबाट ६० अंक बनाएको छ । पराजित रियलको भने २६ खेलबाट ४८ अंक छ ।

ला लिगा लिगअन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा स्पानियोलले रियल भ्यालडोलिडलाई ३–१ ले, अलभेसले भिलारियललाई २–१ ले र अलभेसलाई हुइस्काले सेभियालाई २–१ गोलअन्तरले पराजित गरेका छन् ।