१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको जितमा लुकाकुको दुई गोल



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई तथा आन्ड्रियास पेरेइराले एक गोल गरे । साउथहृयाम्पटनका लागि यान भालेरी र जेम्स वार्डले गोल फर्काएका थिए ।

सुरुवाती अग्रता भने साउथहृयाम्पटनले लिएको थियो । २६ औं मिनेटमा भालेरीले गोल गर्दै साउथहृयाम्पटनलाई १–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा तीन गोल गर्दा साउथहृयाम्पटनले एक गोल मात्रै गर्न सक्यो ।

खेलको ५३ औं मिनेटमा आन्ड्रियासले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरी दिलाएका थिए । त्यस्तै, लुकाकुले ५९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । वार्डले साउथहृयाम्पटनका लागि ७५ औं मिनेटमा गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए । तर खेलको ८८ औं मिनेटमा लुकाकुले अर्को गोल गर्दै युनाइटेडलाई ३–२ गोलको जित दिलाए ।

प्रिमियर लिगअन्तर्गत नै भएको अन्य खेलमा क्रिष्टल प्यालेसले बर्नलीलाई ३–१ ले, वुल्भ्सले कार्डिफ सिटीलाई २–० ले र ब्राइटनले हडर्सफिल्डलाई १–० ले र वेष्टहृयामले न्युक्यासललाई २(० गोलअन्तरले पराजित गरेका छन् ।