९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्धारा अष्ट्रेलिया ६ विकेटले पराजित, जादब र धोनीको अविजित पार्टनरसिप



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । शनिबार राति भएको खेलमा २३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतका लागिकेदार जादब र महेन्द्रसिंह धोनीले १४१ रनको पार्टनरसिप खेल्दै भारतलाई जित दिलाएका हुन् । जादबले ८१ र धोनीले ५९ रन बनाउँदै अविजित रहे । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४४ र रोहित शर्माले ३७ रन बनाएका थिए ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट रंगशालामा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा सात विकेटको क्षतिमा २३६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान खवाजाले ५०, ग्लेन म्याक्शवेलले ४०, मार्कस स्टोइनिसले ३७ र एलेक्स केरी ३६ रन बनाएका थिए ।