१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाप्रति अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएकोमा अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले दुःख व्यक्त गरेको छ ।


उक्त समाजले एक विज्ञप्ति प्रकाशन गरी मन्त्री अधिकारीसहितको उक्त दुर्घटनामा परी ज्यान गएको घटनाले स्तब्ध भएको जनाएको छ । उक्त संस्थाले निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेको छ ।


साथै यस्ता दुर्घटनाहरुको न्युनीकरणका लागि मौसम, स्वास्थ्य र सुरक्षाको आधारभूत मापदण्ड पूरा गरेर मात्र हवाई उड्डयन गर्न तथा नेपालमा हवाई एवम् उड्डयन क्षेत्रका नियम कानूनहरुको आवश्यक मात्रामा पालना गर्न सो संस्थाका तर्फबाट अध्यक्ष सुवन चौलागाईंद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।