९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको निधनप्रति शोक प्रस्ताव पारित



अ+ अ-

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनप्रति आज एक शोक प्रस्ताव पारित गरेको छ । सदस्य ओलीको सडक दुर्घटनामा भएको निधनले प्रदेशसभालाई अपूरणीय क्षति भएको भन्दै सभामुख पूर्णबहादुर घर्तीले शोक प्रस्ताव पारित भएको घोषणा गरे ।

दाङको निर्वाचन क्षेत्र नं ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य ओली माघ २३ गते सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदाहुँदै उनको निधन भएको थियो । त्यसैगरी सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा भएको निधन र स्व ओलीको स्मरणमा प्रदेशसभामा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।