श्रीनगर । जम्मु–कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहान गोली हानाहान भएको छ । उक्त भिड्न्तमा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको भारतीय मिडियाहरुले बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यहाँ तीन दिनदेखि मुठभेड चलिरहेको छ । मुठभेडको क्रममा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सीआरपीएफका चार जवान र जम्मु–कश्मीर पुलिसका दुई जवान रहेका छन् ।
भारतीय सुरक्षाकर्मीले हन्दवाडामा क्रालगुडस्थित बाबा गुँड इलाकामा बिहीबार रातिदेखि चरमपन्थीविरुद्ध अप्रेशन थालेको थियो । त्यसपछि भिडन्त सुरु भएको हो । चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हानेपछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए । त्यसक्रममा १० जन जवान घाइते भएका थिए ।
शनिबार राति पनि सिमानामा दुवै पक्षबीच गोलाबारी भएको बताइएको छ ।