१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुद्वारा त्रिविका पदाधिकारीको कार्यालयमा तालाबन्दी



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटालगायतका पदाधिकारीको कार्यकक्षमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तालाबन्दी गरेको छ ।

अनेरास्ववियुले उपकुलपति बास्कोटासहित शिक्षाध्यक्ष र रजिष्टारको कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् ।

करार उपप्रध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय तुरुन्त फिर्ता लिई उपप्रध्यापक पदका लागि खुला परीक्षा सञ्चालन गर्न भन्दै अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र कार्यबहाक संयोजक अम्मराज जोशीले विज्ञप्ति जारी गर्दै माग राखेका छन् । आफुहरुको माग सुनुवाइ नभएसम्म तालाबन्दी कायमै रहेन उनीहरूको भनाई छ ।