२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न रुस तयार



अ+ अ-

मस्को । भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार दुई देशका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले शनिबार बताउनु भएको हो ।

विदेश मन्त्री लाभरोभले जारी गरेको वक्तव्यमा भेनेजुएलाका बारेमा आफूले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफल गरेको उल्लेख गर्नु भएको छ ।

लाभरोभले पोम्पेओसँग टेलिफोनमा कुराकानी गर्दै भेनेजुएलाको अवस्था, सङ्कट समाधानको उपायलगायतका बारेमा कुराकानी गरेको पनि जानकारी दिनु भएको छ ।

“भेनेजुएलाका बारेमा मैले वासिङ्टनसँग छलफल गरेको छु, अमेरिकासँग भेनेजुएलाको सङ्कट समाधानको निकास निकाल्न सकिन्छ, तर राष्ट्रसंघीय घोषणापत्रलाई भने मान्नु पर्दछ,” लाभरोभले वक्तव्य मार्फत् भन्नुभएको छ ।

संयुक्तराज्य अमेरिकाले विपक्षी नेता गुएइदोलाई मान्यता दिँदै उहाँको नेतृत्वका लागि कुटनीतिक अभियान चलाएको छ ।

रूसले भेनेजुएलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने पनि रूसी विदेश मन्त्री लाभरोभले बताउनुभएको छ ।

“हामीले अत्यधिक निकटमा रहेर भेनेजुएलाको समस्याबारे अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौँ,” लाभरोभले भन्नुभयो ।

उहाँले थप्नुभयो, “वर्तमान समयमा भेनेजुएलाको आन्तरिक मामिलामा निर्लज्जरूपमा वैदेशिक हस्तक्षेपको सामना गरिरहेको र यसमा उसलाई सहयोग गर्नु महत्वपूर्ण कार्य हो ।”

आर्थिक तरलताले विक्षिप्त बनेको भेनेजुएलामा प्रतिपक्षी नेता हुँवा गुएइदोले गत जनवरीमा आफूलाई स्वघोषित रूपमा अन्तरिम राष्ट्रपति घोषणा गरेका कारण उक्त मुलुक राजनीतिक सङ्कटतर्फ गइरहेको छ । मदुरोले वैधानिकता गुमाएको दावी गुएइदोले गर्दै आउनुभएको छ ।

मदुरो र उहाँका रूस लगायतका सहयोगीले भेनेजुयलाको सरकारविरूद्ध वासिङ्टनले राज्य विद्रोह ‘कू’ प्रयास गराएको आरोप लगाउँदै आएको छ ।