२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुखी नेपाली समृद्धि नेपालको’ सपनालाई पुरा गर्न वीरगन्जमा महायज्ञ आयोजना !



अ+ अ-

वीरगन्ज । मुलुकको समृद्धिका भन्दै वीरगन्जमा अश्वमेध गायत्री महायज्ञ आयोजना गरिएको छ। आदर्शनगर रंगशालामा आइतवारदेखि चार दिनको लागि अश्वमेध गायत्री महायज्ञ सुरु गरिएको हो ।

महायज्ञको उद्घाटन गर्दै अखिल विश्व गायत्री परिवारका अध्यक्ष एंव देव संस्कृति विश्वविधालय हरिद्वार भारतका कुलाधिपति डाक्टर प्रणव पाण्डेयाले नेपालको समृद्धिका लागि यो महायज्ञको आयोजना भएको बताए।

उद्घाटनअघि वीरगन्ज महानगरमा हजारौंको सहभागीतामा भव्य कलश यात्रा निकालिएको थियो। वीरगन्ज महानगरका ३२ वटै वडाबाट निकालिएको कलश यात्रा महायज्ञ आयोजनास्थल आदर्शनर रंगशालामा पुगेर सकिएको थियो।

आयोजकका अनुसार कलशयात्रामा करिब ६ हजार कन्या तथा १० हजार महिलागरी १५ हजारको सहभागिता थियो। महायज्ञको औपचारिक उद्घाटन आज भएपनि देवपूजन र हवन भने सोमबार विहानदेखि मात्र सुरु हुने आयोजकले जनाएको छ।

महायज्ञ स्थलमा निर्माण गरिएका दुइ सय ५१ वटा हवन कुण्डमा सोमबार बिहान आठ बजे देखि मध्यान्ह १२ बजे सम्म मु्ख्य यजमानहरुले देवपूजन र हवन गर्नेछन्।




भर्खरै