२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुखी नेपाली समृद्धि नेपालको’ सपनालाई पुरा गर्न वीरगन्जमा महायज्ञ आयोजना !



अ+ अ-

वीरगन्ज । मुलुकको समृद्धिका भन्दै वीरगन्जमा अश्वमेध गायत्री महायज्ञ आयोजना गरिएको छ। आदर्शनगर रंगशालामा आइतवारदेखि चार दिनको लागि अश्वमेध गायत्री महायज्ञ सुरु गरिएको हो ।

महायज्ञको उद्घाटन गर्दै अखिल विश्व गायत्री परिवारका अध्यक्ष एंव देव संस्कृति विश्वविधालय हरिद्वार भारतका कुलाधिपति डाक्टर प्रणव पाण्डेयाले नेपालको समृद्धिका लागि यो महायज्ञको आयोजना भएको बताए।

उद्घाटनअघि वीरगन्ज महानगरमा हजारौंको सहभागीतामा भव्य कलश यात्रा निकालिएको थियो। वीरगन्ज महानगरका ३२ वटै वडाबाट निकालिएको कलश यात्रा महायज्ञ आयोजनास्थल आदर्शनर रंगशालामा पुगेर सकिएको थियो।

आयोजकका अनुसार कलशयात्रामा करिब ६ हजार कन्या तथा १० हजार महिलागरी १५ हजारको सहभागिता थियो। महायज्ञको औपचारिक उद्घाटन आज भएपनि देवपूजन र हवन भने सोमबार विहानदेखि मात्र सुरु हुने आयोजकले जनाएको छ।

महायज्ञ स्थलमा निर्माण गरिएका दुइ सय ५१ वटा हवन कुण्डमा सोमबार बिहान आठ बजे देखि मध्यान्ह १२ बजे सम्म मु्ख्य यजमानहरुले देवपूजन र हवन गर्नेछन्।