१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासकीय अधिकृतमाथि भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । लेनदेन सम्बन्धी उजुरी मिलाइदिने बहाना घुस लिएको भन्दै अधिकृत कैलाश मातछे श्रेष्ठविरुद्ध आज आयोगले आरोप पत्र दायर गरेको हो ।

श्रेष्ठलाई सेवाग्राहीसँग रू २५,००० घुस लिएको उजुरीमा आयोगको टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो । श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको हो ।