१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै सञ्चालनमा आएन गल्छी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग



अ+ अ-

रसुवा । राजमार्ग निर्माण भएको ११ महीना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबेँसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिए पनि अहिलेसम्म सञ्चालनमा नल्याई राज्यको लगानीमा सडक प्राविधिकले बेवस्ता गरी बसेकाले यस्ता प्राविधिकलाई सरकारको कडा निर्देशन दिन आवश्यक देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

उक्त राजमार्गको सडक नेपाली सेनाद्वारा सरकारले तोकेको २० महीनाको समयावधिभित्रै २०७५ साल वैशाख ६ गते एक विशेष कार्यक्रमका बीच सडक विभागलाई हस्तान्तरण गरिएको थियो ।

तत्कालीन समयमा सुरक्षा जाँच चौकीको अभावमा यातायात चलाउन रोक लागि वर्षायामको पहिरोले अधिकांश भाग क्षति पु¥याएको र गल्छीदेखि नै त्रिशूली नदी किनारको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं कालोपत्रे टेवा पर्खाल लगाई दिगो व्यवस्थापन गर्ने कार्य नीतिअनुरूप नयाँ ट्र्याक खोलिएको मैलुङ सडकको डिपिआरसहित बोलपत्र प्रक्रिया अगाडि बढी रहेकाले नीतिगत रूपमा काम गर्न केही ढिलाइ भएको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुवोद देवकोटाले जानकारी दिए ।

पहिरोले सडकमा ल्याएको ढुङ्गा फुटाउन एउटा ढुङ्गामा ३० वटाभन्दा बढी प्वाल पारेर राखिएको छ । मङ्गलबारदेखि नेपाली सेनाबाट हुने विष्फोटनपछि मैलुङ–स्याफ्रुबेँसी खण्डको सडक फागुन महीना भर सिङ्गल लेनको ट्रक खुलाउने लक्ष्य लिइएको समेत प्रमुख देवकोटाले जानकारी दिए ।

गल्छीदेखि त्रिशूली, बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँयीतर्फको सञ्चालित १०५ किमी राजमार्गभन्दा गल्छी, त्रिशूली, बेत्रावती मैलुङ–स्याफ्रुबेसीबाट रसुवागढीसम्म ८३ किलोमिटरको छोटो दूरी भएको र धुम्तीमोड कमी भएका कारण सवारीसाधन गुडाउन सहज भएकाले छिटोभन्दा छिटो मैलुङतर्फको राजमार्ग सञ्चालन गरी दिन नेपाल–केरूङ ओहरदोहोर गर्ने मालवाहक सवारी साधनका चालकले आग्रह गरेका छन् ।