१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टससँग नेपोलीको हार, रोनाल्डोलाई फल गर्दा गोलकिपरले खाए रातो कार्ड



अ+ अ-

काठमाडौँ । लिग लिडर युभेन्टसले इटालियन सिरी ए फुटबलमा नेपोलीलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा युभेन्टसले उसैको मैदानमा नेपोलीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरलेम जानिक र इमरे केनले गोल गरेका थिए । यता, नेपोलीका लागि जोसे कालेजोनले गोल फर्काएका थिए ।

खेलको २५औं मिनेटमा नै नेपोलीका गोलकिपरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनले युभेन्टसका क्रिष्टियानो रोनाल्डो र जानिकलाई फल गरेका थिए ।

खेलको २८औं मिनेटमा जानिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटम केनले गोल गर्दै युभेन्टसलाई २–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफ २–० गोलको अग्रता कायम गरेको युभेन्टसले दोस्रो हाफको सुरुवातमै गोलकर्ता जानिकलाई गुमाएको थियो । खेलको ४७औं मिनेटमा जानिकले दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि युभेन्टसपनि १० खेलाडीमा सिमित भएको थियो ।

६१औं मिनेटमा कालेजोनले गोल गर्दै नेपोलीलाई २१ गोलको अवस्थामा पुर्‍याएपनि युभेन्टसलाई रोक्न भने सकेनन् ।

जीतसँगै शीर्ष स्थानमा रहेको युभेन्टसको २६ खेलबाट ७२ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपोलीको समान खेलबाट ५६ अंक मात्रै छ ।