९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु



अ+ अ-

अलाबामा । अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ ।

“पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो ।

जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको बताउनुभयो । सोमबार व्यापक खोज तथा उद्धारको कार्य गरिने उहाँले जानकारी दिनुभयो ।

जोन्सले आँधीबाट मानिसका घरहरुमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर धेरै मानिस घाइते भएको बताउनुभयो । उहाँले तत्काल उद्धार गरिएका सयौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।

आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।