२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिसन खान नपाएर आन्दोलमा उत्रिएका व्यवसायीसँग सरकार वार्ता गर्दै



अ+ अ-


काठमाडौँ । सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमतिउन्मुख देखिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी निकायसँग अनौपचारिक वार्तामा निकास निकाल्ने तयारी भएको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सो विषयमा चाँडै सहमति हुने अपेक्षा लिइएको बताउनुभयो । निगमले भारतबाट खाना पकाउने ग्यास आयात निरन्तररूपमा भइरहेकाले बजारमा अभाव नरहने जनाएको छ । निगमले स्वचालित मूल्य प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ ।

उद्योगीले ग्यासको पिडिओ खरीद गर्न बन्द गरेसँगै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेको अनुगमनमा पाइएको छ । बजारमा पर्याप्त ग्यास हुँदाहुँदै बिक्रेताले उद्योगबाट नआएको भन्दै बिक्री बन्द गरेका छन् । वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागको अनुगमनले पर्याप्त मात्रामा ग्यासको आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरिएको आशङ्कामा तीन दिनदेखि बजार अनुगमनलाई तीब्र पारेको छ ।




भर्खरै