२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

करण केसीले क्यानडाविरुद्ध खेलेको इनिङ ‘मोमेन्ट अफ इयर’



अ+ अ-

काठमाडौँ । क्रिकेट खेलाडी संघ सिप्यानको आयोजना गरेको एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ को ‘मोमेन्ट अफ इयर’ तर्फको अवार्ड करण केसीले जितेका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को फाइनल प्रवेशका लागि क्यानडासँग १४ फेब्रुअरी २०१८ मा निर्णायक खेलेको खेलको आधारमा बिजेता बनेका हुन् ।

उनले उक्त खेलमा नेपालले ४२.१ ओभरमा १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको स्थितिमा सन्दीप लामिछानेसँग कीर्तिमानी साझेदारी गर्दै अन्तिम बलमा नेपाललाई जित दिलाए ।

उनले ३१ बलमा ३ चौका र ४ छक्काकोसहित ४१ रनको अविस्मरणीय इनिङ खेलेका थिए ।

उक्त जितको मद्दतले नेपाल डिभिजन टूको फाइनल र विश्वकप छनोटमा पुगेको थियो ।