१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रधानमन्त्रीले गरे २०१९ का लागि कार्यक्रम घाेषणा



अ+ अ-

काठमाडौं– चिनियाँ जनकङ्ग्रेसको दोश्रो अधिवेशन बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सुरु भएको छ । अधिवेशनको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले मंगलबार उद्घाटन गर्दै वार्षिक कार्यक्रमको समीक्षा र सन् २०१९ को आगामी कार्यक्रम प्रस्तुत गरेका छन् ।

२ हजार ९ सय प्रतिनिधिहरु सहभागी सो अधिवेशनमा प्रधानमन्त्री लिले प्रस्तुत गर्नुभएको कार्यक्रमबारे बृहत छलफल हुँदैछ । प्रधानमन्त्री लिले सन् २०१८ मा चीनको वार्षिक बृद्धिदर (जिडिपी) ६.६ प्रतिशत रहेको उल्लेख गरेका छन् । त्यस्तै उनले सन् २०१८ मा चीनको बेरोजगारी दर ५ प्रतिशतमा झार्न सफल भएको जनाएका छन् ।

सन् २०१८ मा १ करोड ३८ लाख ६० हजारलाई गरिबीबाट मुक्त गएिको समेत प्रधानमन्त्री लिले जानकारी दिए । जसमध्ये २८ लाख जनतालाई गरिबीबाट मुक्त गर्न स्थान्तरण गरिएको समेत उनले बताए । प्रधानमन्त्री लिले सन् २०१९ का केही महत्वपूर्ण कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।

जसमा चिनियाँ कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत शिक्षामा खर्च गरिनेछ । त्यस्तै आगामी वर्ष गरिबी निवारण र बेरोजगारी दरका सवालमा समेत केही प्रक्षेपणहरु गरेका छन् । उनले प्रस्तुत गरेका १० वटा बुँदाहरु रहेका छन् ।

प्रस्तुत गरिएका १० वटा बुँदाहरुमा चीनले आर्थिक विकासमा खुकुलोपन अप्नाउने, विदेशी लगानीलाई प्रोत्साहन गर्ने, वान बेल्ट, वान रोडका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छन् ।