१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताहरुको ठहर- सभापति देउवाले एकलौटी पार्टी चलाए



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरीका छलफलमा जुटेका छन् । बिभिन्न गुट र उपगुट भएको नेपाली कांग्रेस भित्र रसाकसी चलेका हो ।

बुधबार बिहानैदेखि कांग्रेस नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित घरमा बसेको बैठकले सभापति शेरबहादुर देउवा एकलौटी पार्टी चलाएको निष्कर्ष निकालेको छ । महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न बढेको बैठकले उक्त
निष्कर्ष निकालेको हो ।

नेता प्रकाशमान सिंहका अनुसार पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु भेलामा जुटेका हुन्। ”देउवाले एकलौटीरुपमा पार्टी चलाउन थालेपछि हामी बाध्य भएर छुट्टै रणनीति बनाउन बैठक बसेका हौ,सिंहले भने, बैठकमा महासमिति बैठकमा कसरी प्रस्तुत हुने र आगामी दिनमा पार्टीलाई कसरी चलाउने भन्ने बारेका छलफल भएको छ ।”

छलफलमा रामचन्द्र पौडेल, कृष्णप्रसाल सिटौला, शंसाक कोइराला, शेखर कोइराला, अर्जुनरसिंह केसी, गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरु सहभागी भएका हुन् ।

मंगलबार पार्टीको केन्द्रिय समितिले बहुमतबाट पारित गरेको नयाँ विधानको केही बुँदाहरु सच्याउन कांग्रेसका ५६ जिल्ला सभापतिले माग गरेका थिए।