२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई लाइफइन्स्योरेन्सको सञ्चालक समितिमा पोख्रेल नियुक्त



अ+ अ-

काठमाडौँ । आई.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा दिपकशर्मा पोख्रेललाई नियुक्ति गरिएको छ । आई.एम.ई. ले सञ्चालक समितिमा संस्थापक शेयरधनी एक्रशमनि ट्रान्सफर लिमिटेडको तर्फबाट पोख्रेललाई नियुक्त गरेको हो ।

शर्मालाई सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुखकार्यकारी अधिकृतले स्वागत गरेका थिए । यस अघि उक्तकम्पनीको प्रतिनिधित्व इश्वर कुमार कार्कीले गर्दै आएको थिए ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा.रामहरि अर्यालले कार्कीले कम्पनी प्रतिपुर्याएका योगदानको प्रशंसा गर्दै अगामी दिनमा समेत उनको कार्य अनुभव र दक्षताको निरन्तर सहयोग रहने अपेक्षा राखेका थिए ।

सोहीअवसरमा बोल्दै डा. अर्यालले नियुक्ति पाई सञ्चालक समितिमा आएका शर्मालाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।