२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिएआरले साथ दिएपछि पीएसजीलाई उसैको मैदानमा हराउँदै युनाइटेड क्वारफटाइनलमा



अ+ अ-

काठमडौँ । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वारफटाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले पीएसजीलाई उसैको मैदानमा ३–१ गोलले हरायो । युनाइटेट पहिलो लेगमा आफ्नै घरेलु मैदानमा २–० गोलले पछि परेको थियो । दोस्रो लेगमा कमब्याक गर्दै पीएसजीलाई हराएपछि युनाइटेड समग्रता ३–३ गोलको बराबरी गर्दै अवे गोलको आधारमा क्वार्टरफाइनलमा पुगेको हो ।

युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमै खाता खोलेका लुकाकुले ३०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए । यसअघि १२औं मिनेटमा पीएसजीका जुआन बर्नाटले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्नका लागि अझै एक गोल गर्नु नै पर्ने थियो । खेलको ९० औं मिनेटसम्म पनि पीएसजी नै सम्रगमा अघि थियो । पीएसजीका खेलाडी पनि आफ्नो टिम क्वाटरफाइनलमा पुग्नेमा ढुक्क थिए । त्यसैले यही नतिजामा खेल अन्त्य गर्न चाहन्थे । तर खेलको इन्जुरी टाइममा म्यान्चेस्टर युनाइटेडले पेनाल्टी पायो ।

भिडियो एसिस्टेन्ट रेफ्रीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी दिएपछि राष्फोर्डले गोल गर्दै आफ्नो टिमलाई ३–१ गोलको जीत मात्रै नभई क्वाटरफाइनलमा नै पुर्‍याए ।