२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

७० वर्षको त्याग र तपस्यापछि राजनीतिक स्थिरताको वातावरण बनाएको छु : प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताएका छ । ७० वर्ष देखिको त्याग तपस्या पछि एउटा राजनीति स्थिरताको वातावरण बनेको भन्दै जनअपेक्ष अनुरुप काम गर्नुपर्नेमा जोड दिए ।

नेकपाले शुक्रवार काठमाडौंमा गरेको दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरू र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा आयोजित श्रदाञ्जली सभामा अध्यक्ष प्रचण्डले यस्तो वातावर बिरलै देख्न पाईने भन्दै यो वातावरण निर्माणको लागि सबैले ठूलो भुमिका खेलेको बताए ।

‘अहिलेको जस्तो अवसर अवसर सँधै पाइँदैन । प्रचण्डले भने, ‘जनअपेक्षा अनुसार छिटो भन्दा छिटो विकासलाई, शुसासनलाई, संस्कारलाई गति दिने दायित्व हाम्रो काँधमा छ ।’

प्रचण्डले इतिहासमा सबैले गरेको योगदानलाई कदर गर्ने गरी जनअपेक्षाअनुसार छिटो छिटो आर्थिक विकास र सुशासन दिन सक्नुपर्ने बताए । त्यसका लागि अहिले उपयुक्त वातावरण रहेको उनको भनाइ थियो ।