२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

घ्यूले कपाल मसाज गर्दा हुन्छ नसोचेकै फाईदा



अ+ अ-

जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट जो कोहि पनि अछुतो रहन सक्दैनन्। चायाँ सँग–सँगै कपाल झर्ने समस्याले त झन् धेरै सताइरहेको हुन्छ। त्यसैगरी गर्मीमा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ।

त्यस्ता समस्याका लागि मानिसहरु विभिन्न प्रकारका औषधिको प्रयोग गर्छन्। स्याम्फू परिवर्तन गर्छन्। तर पनि समस्याबाट मुक्ति भने पाएका हुँदैनन्। त्यसका लागि घरेलु उपायमा घ्यूको प्रयोग निकै उपयोगी मानिन्छ।

घ्यू खाना, दाल र तरकारीको स्वाद बढाउने मात्र होइन यसले सौन्दर्य बढाउन पनि मद्दत गर्छ । अझ यसको प्रयोगले कपालमा हुने हरेक समस्याको समाधानका लागि लाभदायी भूमिका निर्वाह गर्छ ।

१. कपालमा प्राकृतिक चमकको लागि घ्यूलाई हल्का तताएर १० मिनेट मसाज गर्नुस् र कागतीको रस लगाएर छाड्नुस् र १० मिनेटपछि धुनुहोस् ।

२. कपालमा पोषणको कमीले कपालमा हाँगा फाट्ने समस्या भइरहेको छ भने घ्यूले मसाज गर्नुस् केहि समयमा हाँगा हराउँदै जान्छ।

३. कपाल लामो बनाउन चाहानुहुन्छ भने अमला र प्याँजको रस मिसाएर १५ दिनमा १ एक पटक मसाज गर्नुस् कपाल लामो र चम्किलो हुँदै जान्छ।

४. कपाललाई मुलायम बनाउनको लागि जैतूनको तेलमा घ्यू मिसाएर मसाज गर्नुपर्छ ।

५. यदि तपाई कपालमा आएको चायाँबाट पीडित हुनुहुन्छ भने घ्यूमा बदामको तेल मिसाएर मसाज गर्नुपर्छ । जसले टाउकोमा हुने सुख्खापनबाट छुटकारा मिल्छ।




भर्खरै