२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्सिन्की–टाल्लिन सुरुङ बनाउन १६ अर्ब डलर ऋण



अ+ अ-

हेल्सिन्की । फिनइस्ट बे एरियाले फिनल्यान्डको राजधानी हेल्सिन्की र इस्टोनियाको राजधानी टाल्लिन जोड्ने रेलका लागि समुद्रमुनि सुरुङ बनाउन चीनको टचस्टोन क्यापिटल पार्टनर्ससँग वित्तीय सम्झौता भएको जनाएको छ ।

सुरुङ निर्माणका लागि टचस्टोनले १६ अर्ब ८० करोड डलर ९१५ अर्ब युरो उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कूल लगानीको एक तिहाई हिस्सा निजी क्षेत्रले लगानी गर्नेछ । दुई तिहाई हिस्सा भने ऋण लगानी हुनेछ ।

“विस्तृत वित्तीय विवरणमा आगामी छ महिनाभित्रै सहमति जुटाइनेछ,” फिनइस्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फिनइस्टले सुरुङ निर्माणका लागि शुरुमा करिब १५ देखि २० अर्ब युरो लाग्ने अनुमान गरेको थियो ।

फिनइस्टले डिसेम्बर २०१८ मा दुबईस्थित निर्माण कम्पनी एआरजे होल्डिङबाट १० करोड डलर प्राप्त गरेको थियो भने युरोपेली लगानीकर्ताका निम्ति पनि बाटो खुला गरिएको छ । “अब वित्तीय स्रोत जुटेको छ, काम अघि बढ्छ,” परियोजनाका नेतृत्वकर्ता पिटर भस्टरबाकाले बताउनुभयो ।

फिनल्यान्ड र इस्टोनियाले वर्षौंदेखि दुई देशबीचको राजधानीलाई जोड्ने प्रयत्न गरेका थिए । यी दुई राजधानीलाई गल्फ अफ फिनल्यान्डले छुट्याएको छ ।

दशौं हजार इस्टोनियालीहरु हेल्सिन्कीमा काम गर्दछन् । उनीहरुलाई सप्ताहान्तमा घर जान समुद्री मार्ग प्रयोग गर्नु पर्दछ । फिनिस नागरिकका लागि टाल्लिन एउटा निकै लोकप्रिय गन्तव्य पनि हो । सुरुङ निर्माणबाट यात्रा समय करिब २० मिनेट मात्र हुनेछ जबकी हाल फेरिबाट यात्रा गर्दा दुई घण्टाभन्दा बढी लाग्ने गरेको छ ।

दुबै मुलुकबाट गरिएको सम्भाव्यता अध्ययनमा करिब १०० किलोमिटर लामो यो सुरुङ सन् २०४० सम्ममा निर्माण सम्पन्न हुने जनाइएको थियो । तर भस्टरबाकाले सुरुङ निर्माण कार्य सन् २०२४ भित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो परियोजनालाई दुबै मुलुक र युरोपेली युनियनबाट पूर्ण समर्थन प्राप्त भइसकेको छैन ।

फिनल्यान्डकी प्रधानमन्त्री जुहा सिपिलाले यसै साता इस्टोनिया भ्रमणका क्रममा सुरुङ मार्गबाट दुई देश चाँडै जोडिने बताउनुभएको थियो ।