२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय वायुसेनाको लडाकु विमान पाकिस्तान सीमा नजिकै खस्यो



अ+ अ-

काठमाडौँ । भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय मिडियाहरुको अनुसार उक्त विमान आकाशमा चरासँग ठोकिएपछि दुर्घटनाग्रस्त भएको हो ।

सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेका छन् । उक्त विमान नियमित हवाई गस्ती गर्ने क्रममा चरासँग ठोक्किँदा दुर्घटनामा परेको बताइएको छ ।

पछिल्ला दुई सातायता भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा दुबै मुलुकले हवाई गस्तीलाई तिब्रता दिएको बताइएको छ ।

त्यसअघि गत २७ फेब्रुअरीका दिन पाकिस्तानले भारतीय वायुसेनाको मिग २१ विमान खसालेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खसालिएको विमानका पाइलटलाई रिहा गरेपछि भारत र पाकिस्तानबीचको तनाव केही कम हुँदै आएको छ ।