काठमाडौं । नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच राजनीतिक रुपमा केही मतभेद देखिन्छ । जस्ता सुकै विषयमा पनि यी दुई पक्षबीच सजिलै सहमति हुन गाह्रै पर्छ । तर, शनिबार यही नोट अफ डिसेन्ट राजनीतिकोबीच दुबै नेताहरु म्याग्दीको तातोपानीमा सँगै भेटिए ।
शनिबार विहान दुबैजना तातोपानीको तलाउँमा डुबुल्की मार्दैगर्दा भेटिए ।
यी दुई नेताहरु पानीमा डुबिरहेको तस्वीरमध्ये देउवाको शरीरमा जनै नभएको घटनाले भने धेरैको ध्यान केन्द्रीत गरेको छ । देउवाकाे शरीरमा जनै नभएकाे विषयमा सामाजिक संजालमा बहस भएकाे छ ।