२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरेश केडिया अपहरण काण्डका २ जना भारतमा पक्राउ



अ+ अ-

पर्साः वीरगंजका उद्याेगी व्यवसायी सुरेश केडियालाई बारा महागढीमाई नगरपालिका-१ स्थित पसाहा पुलबाट अपहरण गरी शरीर बन्धक बनाएकाे अाराेपमा दाेषी ठहर गरिएका तर फरार रहेका २ जना भारतीय पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरू अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजना तथा संगठित अपराध मुद्दामा फरार रहेका प्रतिवादीहरु हुन् ।

पक्राउ परेकाहरूमा भारत बिहार, मोतिहारी बस्ने ३५ वर्षिय बब्लु पासवान र सोही ठाउँ बस्ने २५ वर्षीय नन्की महतो भन्ने विजय महतो कुशवाहा रहेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । भनिन्छ, केडियाले करिब १० कराेड फिराैती बुझाएर अपहरण मुक्त भएका थिए ।

उनीहरूले २०७३ जेठ १३ गते पर्सा बीरगंज महानगरपालिका-६ बस्ने सुरेश केडियालाई बारा महागढीमाई नगरपालिका-१ स्थित पसाहा पुलबाट अपहरण गरी भारततर्फ लगेका थिए । तर कनाैडिया भारत मोतिहारीबाट भारतीय प्रहरीको सहयोगमा अपहरण मुक्त भएका थिए ।

घटनामा बब्लु मुख्य योजनाकार रहेका थिए भने विजयले अपहरण पश्चात गाडी चलाई लगेका थिए ।

अपहरणमा संलग्न रहेकाे अाराेपमा यसअघि नै केही व्यक्ति पक्राउ परिसकेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।