विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उट्घाटन खेलमा भुटानविरुद्ध निरु थापाको कप्तानीमा नेपाल मैदानमा उत्रिदैछ ।
विराटनगरस्थित शहिद रंगशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालको कप्तान निरुले सम्हाल्ने भएकी हुन् । भुटानविरुद्ध नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने भएको छ ।
अहिलेसम्म भुटानले नेपाललाई पराजित गर्न सकेको छैन । सन् २०१६ मा भारतमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि ८–० गोलअन्तरले पराजित गरेपश्चात पहिलो पटक भेट हुन लागेको हो । त्यो खेलमा नेपालकी सावित्रा भण्डारीले डबल ह्याट्रिक गोल गरेकी थिइन् ।
नेपाली टिम
गोलकिपर – एञ्जिला सुब्बा
डिफेन्डर – हिरा भुजेल, गीता राना, अमृता जैसी, मनमाया लिम्बु
मिडफिल्डर – अनिता बस्नेत, दिपा राई, मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी
फरवार्ड – निरु थापा (कप्तान), सावित्रा भण्डारी