१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन बोर्डमा १२ करोडका बिल भर्पाई गायब



अ+ अ-
Nepal Tourism Board. Photo: THT/ File

काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । 

हालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो ।

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै आएका छन् । 

महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विष्णुप्रसाद रिजालले पर्यटन बोर्डमा चरम आर्थिक अनुशासनहीनता भेटिएको बताए ।