१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाद्धारा प्रतिनिधिसभाको बैठक अवरुद्ध, मुद्दा रेशम चौधरी



अ+ अ-

काठमाडौँ । राजपाले मधेस र थरुहट आन्दोलनका बेला राज्यपक्ष र आन्दोलनकारी पक्षबाट भएको मानवअधिकार हननका विषयमा सत्यतथ्य छानविन गर्न गठिट टोलीले बनाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । राजपाले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय गीत पछि बैठक प्रारम्भ भएको सभामुखले भन्न नपाउँदै राजपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

त्यसपछि सभामुखले बोल्न समय दिनुभएपछि राजपा सांसद राजकिसोर यादवले गिरिशचन्द्र लालको नेतृत्वमा २०७३ असोज २ गते गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद बैठक अवरोध गरिरहने बताए।

आयोगले २०७४ माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको भए पनि सरकारले आयोगको प्रतिवेदन अझैसम्म पनि सार्वजनिक गरेको छैन ।

सभामुक कृष्णबहादुर महराले पटक पटक बस्न र बैठकको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।