काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामालाई प्रमुख मुद्धा बनाएर आन्दोलनरत ‘विद्रोही न्यायाधीश’ र कानुन व्यावसायीहरु इजलासमा फर्किएका छन् ।
जसअनुरुप ४० दिनदेखि प्रभावित रहेको सर्वोच्च पुनः लयमा फर्केको हो । गोला प्रक्रियाबाट इजलास तोकिँदा पनि कामु प्रधानन्यायाधीशको विवाद निकालेका न्यायाधीश र आन्दोलनकारी वकिल अन्ततः इजलासमा फर्किएका हुन् ।
सर्वोच्च अदालतका सबै इजलासमा सबै प्रकारका मुद्दाको सुनुवाइ सुरू भएको छ ।
सर्वोच्चमा सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।
सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकामा आज घर फर्किएका छन् ।