१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पेनाल्टीबाट गोल गर्दै रोनाल्डोको ह्याट्रिक



अ+ अ-

काठमाडौं । युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३–० गोल अन्तरले पराजित गर्दै इटालियन क्लब युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको हो । युभेन्टसले समग्रमा एट्लेटिको मड्रिडमाथि ३–२ गोलअन्तरले जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा भने युभेन्टस २–० गोलअन्तरले पारजित भएको थियो ।

युभेनटसको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । युभेन्टसका लागि खेलको २७औं मिनेटमा रोनाल्डोले गोल गरे ।

त्यस्तै, ४९औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका रोनाल्डोले खेलको ८६औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक पूरा गरेका छन् ।