१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७६ का बिदामा जनजातिको कडा विरोध



अ+ अ-


काठमाडौं । नेपालका आदिवासी जनजातिका नेताहरुले खसआर्य समुदाय र हिन्दू धर्मसँग सम्बन्धित पर्वहरूमा मात्र सार्वजनिक विदा दिइएको आरोप लगएका छन् । उनीहरुले सो विदाप्रति असन्तुष्टि पनि जनाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघसहितका नौ वटा जातीय संस्थाले विज्ञप्ति निकालेर नेपाल सरकारले आगामी वर्ष २०७६ सालभरी दिइने सार्वजनिक पर्व एवम् सट्टा विदामा असहमति राखेका हुन् ।
नेपाल सरकारले २०७६ सालभरी दिइने सार्वजनिक विदाको विषयमा शुक्रबार सूचना जारी गरेको थियो । जसअनुसार देशभर १५ दिनमात्र सार्वजनिक विदा हुने छ । ती विदाहरुप्रति जाति जनजातिका नेताहरुले विरोध जनाएका हुन् ।
आदिवासी जनजातिका अनगुवाहरुले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘एउटै नश्ल, जाति, भाषा, धर्म, संस्कृतिलाई मात्रै संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने गरी सार्वजनिक पर्व एवम् विदा घोषणा गरेकोप्रति कूल जनसंख्याको ३७ प्रतिशत आदिवासी जनताको तर्फबाट हामी घोर भत्र्सना र खेद व्यक्त गर्दछौं ।’
सरकारको यो निर्णयले धर्मनिरपेक्ष गणतन्त्र नेपालको उपहास भएको आरोप लगाइएको छ । यो निर्णय संविधानको मूल मर्म र भावना बिरुद्ध भएको र परिवर्तनको बर्खिलाप भएको आरोप उनीहरुको छ । ्