१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काष्ठमण्डप पुनर्निर्माणको काम सकियो



अ+ अ-

काठमाडौं । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । 

शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । बि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरु काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा वागमती प्रदेशका सांसद राजेश शाक्यले बताउनु भयो । अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उहाँले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको बताउनु भयो । अध्यक्ष शाक्यले अब चाँडै नै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताउनु भयो ।

अध्यक्ष शाक्यले भन्नुभयो, ‘काष्ठमण्डपको सबै काम सकिएको छ, यसको पुनर्निर्माण भइसकेको छ, यसको अब पहिलाको बार मात्रै राख्न बाँकी छ, काष्ठमण्डप सबै जनमानसको पनि चासोको विषय हो । उद्घाटनतिर लाग्ने कुरा पनि आइरहेको छ, अब हामी यसको उद्घाटको पनि तिथिमिति तोक्नेछौँ । हामीले यसको निर्माण गर्दा समुदायसँग मिलेर आज काष्ठमण्डप सातौँ शदाब्दीको प्रयोग गरिए पनि गारोमा थप थाम राखिएकोले सबल छ, नेपालको प्रविधिले यो बनाउन सकेको ठूलो उदाहरण हो । चीन, कोरिया, जापानले मात्रै बनाउन सक्छ भन्ने कुरालाई चिर्दै नेपालले पनि बनाउन सक्छ भन्ने कुराको विकास भएको छ । बनाएर देखाएको छ, अब नेपालीहरुलाई बनाउन अवसर आउनेछन् भन्ने सोचेको छु ।’

अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको बताउनु भयो । उहाँले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताउनु भयो । चालु आर्थिक वर्ष ०७७/०७८ मा यस वर्ष काष्ठमण्डप पुनर्निर्माणमा ३ करोड ५६ लाख ६१ हजार १ सय २४ रपैयाँ ६० पैसा आम्दानी भएको छ भने गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा अनुदान प्राप्त भएको थियो । त्यस्तै खर्चमा भने प्रशासनिक खर्चतर्फ यस वर्ष १८ लाख ८३ हजार ९६७ रुपैयाँ ०७ पैसा र गत वर्ष १५ लाख ४८ हजार ८४९ रुपैयाँ २१ पैसा खर्च भएको थियो । त्यस्तै निर्माण खर्च यस वर्ष ३ करोड ३७ लाख ७७ हजार १५७ रुपैयाँ ५३ पैसा खर्च भएको छ भने गत वर्ष ३ करोड ३७ लाख ३२ हजार १८८ रुपैयाँ ४३ पैसा खर्च भएको थियो । त्यस्तै जम्मा खर्च गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा र यस वर्ष ३ करोड ५६ लाख ६१ हजार १२४ रुपैयाँ ६० पैसा खर्च भएको समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो भने यसको पुनर्निर्माणमा करिव ११ करोड ३९ लाख खर्च भएको पनि समितिका अध्यक्ष शाक्यले बताउनु भयो ।