१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नाईको लगातार तेस्रो जित, राजस्थान पराजित



अ+ अ-

काठमाडौँ । चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई आठ रनले पराजित गर्दै चेन्नाईले लगातार जित हात पारेको हो ।

चेन्नाईले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४६, राहुल त्रिपाठीले ३९, स्टिभन स्मिथले २८ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ चेन्नाईका शार्दुल ठाकुर, दिपक चाहार, इमरान ताहिर र ड्वाने ब्राभोले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो । चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ७५ रन बनाए ।