१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको संघर्षपूर्ण जित, कार्डिफ सिटी पराजित



अ+ अ-

काठमाडौँ । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई हराएको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा पर्ने खतरामा रहेको कार्डिफलाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएका खेलमा कार्डिफले दोस्रो हाफको सुरुमा नै अग्रता लिएको थियो । उका लागि भिक्टर कामारोसाले गोल गरे ।

तर, खेलको अन्त्यतिर चेल्सी खेलमा फर्कियो । ८४ औं मिनेटमा सेजरले बराबरी गोल फर्काए भने इन्जुरी टाइममा सब्सिच्युट खेलाडी रुबेन लफ्टस चिक गोल गर्दै टोलीलाई जिताए ।

जितपछि चेल्सीको ३१ खेलबाट ६० अंक भएको छ र छैटौं स्थानमा छ भने कार्डिफ २८ अंकसहित १८ औं स्थानमा छ ।