मलंगवा । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारी बजारमा ग्यास सिलिन्डर पड्किएरको छ ।
सोमबार बिहान आगलागी हुँदा पसलमा राखिएको ग्यास सिलिन्डर पड्किएरको थियो । सिलिन्डर पड्किदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागीमा परी ३ वटा पसल र १ वटा घर समेत जलेर नष्ट भएको प्रहरी जनाएको छ।
घाइते हुनेमा हरिपुर नगरपालिका ९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका १ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाहिने खुट्टा जलेको छ। त्यसैरी सिलिन्डरबाट उछिटिएका टुक्रा लागेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मन्जुर अन्सारीको खुट्टा भाच्चिएको छ।