७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र हजार घुससहित नासु कार्यकक्षबाटै पक्राउ



अ+ अ-

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सबिन सुवेदी घुससहित कार्यकक्षबाटै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले सुवेदीलाई सेवाग्राहीसँग रू १५,००० घुसबापतको रकम लिएको अवस्थामा पक्राउ गरेको हो ।

सुवेदीले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न पश्चात नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

सुवेदीविरुद्ध थप अनुसन्धान कार्य भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।